STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बकर इदको शुभकामना ः मुख्यमन्त्री पोखरेल

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २६, आइतबार

मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउल अजाहा बकर इद पर्वका अवसरमा दिनुभएको शुभकामना सन्देशमा विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रङ्गिएको र कुनै जाति विशेषले मनाउने पर्व र उत्सव सबैका साझा पर्व बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद विषय भएको बताउनुभएको छ । सामाजिक सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएर मुलुकलाई एकताको मालामा बाँध्न बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उहाँले बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक रहेको आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री गुरुङद्वारा बकर इद शुभकामना पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवम् सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गर्ने बताउनुभएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकर इदका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले पर्वले गण्डकी प्रदेशमा रहेका सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव प्रगाढ बनाउँदै आर्थिक, सामाजिक एवम् सांस्कृतिकरुपले समृद्ध प्रदेश निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
Categorized in राष्ट्रिय