STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्वी अफगानिस्तानमा ३७ तालिबान लडाकू मारिए

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ११, बुधबार

अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकू समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकूको मारिएका छन् । स्थानीय प्रहरी बुधबार उक्त जानकारी दिएको छ । तालिबानको सारा केटा अर्थात रेड यूनिटका समूहले मंगलबार राति मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला छोडिने राजमार्गमा रहेको सुरक्षाचौकीमा आक्रमण गरेका थिए । सो आक्रमणपछि सुरक्षाबलले गरेको जवाफी कारबाहीमा ३७ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरी उपप्रमुख मसुद बबाकारखिलले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ । सुरक्षा अधिकारी र तालिबान लडाकूबीच सात घण्टासम्म झडप जारी रहेको थियो । सो झडपको क्रममा सुरक्षाबलका एक जना सदस्य घाइते भएको र उनलाई सेनाको शिविरमा सारिएको जनाइएको छ । मारिएका तालिबान लडाकूको शव अफगान रेड क्रिसेन्ट वा स्थानीय गाउँलेलाई हस्तान्तरण गरिने बबाकारखिलले बताउनु भएको छ । पहाडी प्रान्तहरुलाई नियनत्रणमा लिएर बसेको तालिवान लडाकू समूहले बारम्बार सुरक्षाबलमाथि आक्रमण गर्दै आएका छन् । यस सुरक्षा कारबाहीको विषयमा तालिबानी लडाकू समूहले हालसम्म कुनै टिप्पणी गरेका छ्रैनन्
Categorized in अन्तर्राष्ट्रिय